Genesis 24:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु, मेरो मालिक अब्राहामका परमेश्वर, आज मेरो काम सफल गराइदिनुहोस् र मेरो मालिकसित गरेका तपाईंको प्रतिज्ञा पूरा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले प्रार्थना गर्यो, “हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्वर, मलाई आज सफलता दिनुहोस्, र मेरा मालिक अब्राहाममाथि दया देखाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्।