Genesis 24:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस चाकरले आफ्‍नो काम परमप्रभुले सफल गराइदिनुभएछ कि भनेर सोच्‍दै चुपचाप केटीलाई हेरिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सेवकचाहिँ केही नबोली रिबेकालाई हेरिरहे। अनि कतै याहवेहले आफ्नो यात्रा सफल बनाउनुभएको त होइन भन्‍ने कुरा मनन गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थयो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो।