Genesis 24:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भन्यो, “मेरो मालिक अब्राहामका परमेश्वर परमप्रभुको प्रशंसा होस्, उहाँले मेरा मालिकसित गर्नुभएको प्रतिज्ञा विश्वाससित पूरा गर्नुभयो। परमप्रभुले मलाई डोर्याएर सिधा मेरा मालिकका कुटुम्बका घरमा ल्याइपुर्याउनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भन्यो, “मेरा मालिक अब्राहामका परमेश्वर, याहवेहको प्रशंसा होस्, जसले मेरा मालिकप्रति आफ्नो दया र विश्वासयोग्यता त्याग्नुभएको छैन। म बाटोमा छँदै याहवेहले मेरा मालिकका कुटुम्बको घरानातिरको यात्रामा मलाई अगुवाइ गरेर ल्याउनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
त्यसले भने, परमप्रभु मेरा मालिकका परमेशवर, तपाईं धन्य हुनुहुन्छ। परमप्रभु मेरा मालिकको निम्ति दयालु तथा विश्वस्त हुनु भएको छ। मेरा मालिकको छोरोको निम्ति योग्य केटी भएकोले मलाई परमप्रभुले डोर्याएर ल्याउनु भयो।”