Genesis 24:30 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाबानले बहिनीको नाकमा मुन्द्री र हातमा बालाहरू देखेका थिए। त्यस चाकरले के भनेको थियो, त्यो पनि बहिनीबाट सुनेका थिए। इनारमा ऊँटहरूका छेउमा उभिरहेको अब्राहामको चाकरकहाँ गएर लाबानले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
लाबानले उनले भनेको सुनिरहेको थियो अनि जब उनले रिबेकाको नाकमा सुनको नत्थ र हातमा बालाहरू देख्यो ऊ कूवामा दगुर्दै गए। अनि त्यहाँ कूवामा त्यो मानिस आफ्नो ऊँटहरूको नजिक उभिरहेको थियो।