Genesis 24:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मसँग घर जाऔं। तिमी परमप्रभुले आशिष् दिनुभएका मानिस रहेछौ। किन यहाँ बाहिर उभिरहेका तिम्रो लागि मेरो घरमा एउटा कोठा तयार छ। तिम्रा ऊँटका लागि पनि ठाउँ तयार छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि इनारको छेउमा ऊँटहरूका नजिकै त्‍यो उभिरहेको देखेर लाबानले भने, “हे परमप्रभुका आशीर्वादी जन, भित्र आउनुहोस्‌। किन बाहिरै उभिरहनुहुन्‍छ? मैले तपाईंको निम्‍ति डेरा र ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले भने, “हे याहवेहका धन्य जन, भित्र आउनुहोस्! तपाईं किन बाहिर उभिरहनुहुन्छ? मैले तपाईंका निम्ति घर र ऊँटहरूका निम्ति ठाउँ तयार पारेको छु।”
Nepali ERV (पवित्र बाइबल)
लाबानले भने, “महाशय, तपाईं यहाँ बाहिर नउभिनुहोस, तपाईंलाई हाम्रो घरमा स्वागत छ। विश्राम गर्न मैले तपाईंको निम्ति एउटा कोठा र ऊँटहरूलाई बस्ने ठाउँ ठीक पारेकोछु।”