Genesis 24:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो मालिकलाई परमप्रभुले धेरै आशिष् दिनुभएको छ र तिनी धनी भएका छन्। उहाँले तिनलाई भेडा-बाख्राका बथान, कमारा-कमारीहरू, गाई-गोरुहरू, सुन-चाँदी, ऊँटहरू र गधाहरू दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनलाई बगालका बगाल भेड़ाबाख्राहरू र बथानका बथान गाई-गोरुहरू, तथा सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मेरा मालिकलाई प्रशस्त आशिष् दिनुभएको छ। याहवेहले उहाँलाई भेडाबाख्रा, गाईबस्तु, सुन, चाँदी, सेवक-सेविका, ऊँट र गधाहरू दिनुभएको छ, र उहाँलाई धेरै धनी बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्।