Genesis 24:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा मालिककी स्वास्नी साराले बुढेसकालमा तिनका निम्ति एउटा छोरा जन्माइन् र मालिकले छोरालाई आफ्ना सबै धन-सम्पत्ति दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा मालिककी पत्नी साराले बुढ़ेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना जे-जति छन् सबै दिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मालिककी पत्नी साराले आफ्नो वृद्धावस्थामा अब्राहामका निम्ति एउटा छोरा जन्माउनुभयो; अनि अब्राहामले उनलाई आफूसित भएका सबै थोक दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
सारा मेरा मालिक अब्राहामकी पत्नी थिइन् अनि तिनले वृद्धावस्थामा एउटा छोरो जन्माइन् र मेरा मालिकले उनीसंग भएका प्रत्येक चीज आफ्नो छोरोलाई दिएका छन्।