Genesis 24:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो गुप्‍त प्रार्थना सकिनुअघि रिबेका काँधमा गाग्रो बोकेर आइन्‌ र पानी भर्न इनारमा गइन्‌। मैले उनलाई भने, ‘कृपा गरी मलाई पानी पिऊन देऊ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले आफ्नो हृदयमा प्रार्थना गरी नसक्दै रिबेका आफ्नो गाग्रो काँधमा बोकेर आइन्। अनि तिनले इनारमा ओर्लेर पानी उघाइन्; तब मैले तिनलाई भनेँ, ‘मलाई अलिकति पानी पिउन देऊ।’
Nepali ERV (पवित्र बाइबल)
“मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कूवामा पानी भर्न आइन्। कूवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागें।