Genesis 24:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले झट्ट काँधबाट गाग्री झारी र भनी, ‘पिउनुहोस्। म तपाईंका ऊँटहरूलाई पनि पानी दिन्‍छु।’ यसरी मैले पानी पिएँ र उनले ऊँटलाई पनि पानी दिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘खानुहोस्‌। म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी खान दिनेछु।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी खान दिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो तल झारिन् र भनिन्, ‘पिउनुहोस्, र म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु।’ यसकारण मैले पिएँ, र तिनले ऊँटहरूलाई पनि पानी पिउन दिइन्।
Nepali ERV (पवित्र बाइबल)
उनले झट्टै आफ्नो काँधबाट गाग्रो तल झारिन अनि मलाई पानी दिइन्। तब उसले भनिन्, ‘यो पिउनु होस् अनि तपाईंका ऊँटहरूको निम्ति केही अरू पनि पानी दिनेछु।’