Genesis 24:49 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तपाईंहरू मेरो मालिकसँग असल व्यवहार गर्नुहुन्छ र उहाँप्रति आफ्ना जिम्मेवारी पूरा गर्न चाहनुहुन्छ भने मलाई भन्नुहोस्। होइन भने होइन भन्नुहोस् र कसो गर्नुपर्ने हो, म आफैं निर्णय गरूँला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तपाईंहरू मेरा मालिकसँग दया र सत्यको व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस्। होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यदि तपाईंले मेरा मालिकप्रति दया र विश्वासयोग्यता देखाउनुहुन्छ भने मलाई भन्नुहोस्; अथवा हुन्न भने पनि मलाई भन्नुहोस्, र म कतातिर लाग्नुपर्ने हो भनी जान्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? भन्नु होस् मलाई त्यपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”