Genesis 25:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिबेकाका छोरा-छोरी भएका थिएनन् र इसहाकले उनको लागि परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्नुभयो, र रिबेका गर्भवती भइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।
Nepali ERV (पवित्र बाइबल)
इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।