Genesis 25:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका पेटमा जुम्ल्याहा बालक थिए र जन्मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्न गइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्त गर्न लागे। “किन मलाई यस्तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्न लागिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।
Nepali ERV (पवित्र बाइबल)
जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?”