Genesis 25:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, दुई आपसमा लड्ने जातिहरूलाई तैँले जन्म दिनेछस्। एउटा अर्कोभन्दा बलियो हुनेछ, जेठोचाहिँले कान्छाको सेवा गर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, तेरो गर्भबाट जन्मँदाखेरि नै दुई जाति छुट्टाछुट्टै जन्मनेछन्। एक जना अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो गर्भमा दुई राष्ट्रहरू छन्, अनि तेरो पेटबाट दुई जातिहरू छुट्टिनेछन्; एउटा जाति अर्कोभन्दा बलियो हुनेछ; अनि जेठोले कान्छोको सेवा गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन् र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।”