Genesis 26:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरे र यसो भने, “यो पानी हाम्रो हो।” यसैले इसहाकले त्यस इनारको नाम एसेक राखे किनभने उनीहरूले तिनीहरूसँग झगडा गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर जो मानिसहरूले गरार बेंसीमा भेडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा गरेका थिए।