Genesis 26:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस रात परमप्रभु उनीकहाँ देखा पर्नुभयो र भन्नुभयो, “म तेरो बुबा अब्राहामको परमेश्वर हुँ। नडरा, म तँसँग छु। मेरो दास अब्राहामसित मैले गरेका प्रतिज्ञाअनुसार म तँलाई आशिष् दिनेछु र धेरै सन्तानहरू दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु त्यही रात तिनीकहाँ देखा पर्नुभयो, अनि उहाँले तिनलाई भन्नुभयो, “म तेरो पिता अब्राहामका परमेश्वर हुँ। नडरा, किनभने म तँसँग छु। म तँलाई आशिष् दिनेछु, र मेरो दास अब्राहामको खातिर म तेरा सन्तानको वृद्धि गराउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्नुभयो, “म तेरा पिता अब्राहामको परमेश्वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यस रात परमप्रभुले इसहाकसित कुरा गर्नु भयो। परमप्रभुले भन्नुभयो, “म तेरो बाबु अब्राहामका परमेशवर हुँ। नडरा, म तँसित छु र म तलाईं आशीर्वाद दिनेछु। मेरो दास अब्राहामको कारणले म तेरो परिवारलाई विशाल बनाउनेछु।”