Genesis 26:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ इसहाकले एउटा वेदी बनाए र परमप्रभुको भक्ति गरे। अनि त्यहाँ उनले आफ्ना पाल हाले र उनका नोकरहरूले अर्को एउटा इनार खने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इसहाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे, र आफ्नो पाल त्यहीँ नै टाँगे। त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।