Genesis 26:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले पनि हाम्रो हानि नगर्न तिमीले हामीसित प्रतिज्ञा गरेको हामी चाहन्‍छौं। हामीले दया गरी तिमीलाई शान्‍तिसित बिदा गर्‍यौं। अब यो पनि छर्लङ्ग भएको छ कि परमप्रभुले तिमीलाई आशिष् दिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्‍तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्‍वरका आशिष्‌का पात्र हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीलाई कुनै नोक्सान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोक्सान गर्ने छैनौ। हामीले तिमीलाई पठायौं तर हामीले शान्तिसितै पठायौं। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।”