Genesis 27:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूब बुबाको छेउमा गए। इसहाकले त्यसलाई छामे र भने, “तेरो सोर त याकूबको जस्तो छ तर पाखुरा भने एसावको जस्तो लाग्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब आफ्ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोब आफ्नो बुबा इसहाकको छेवैमा गए; अनि तिनले उनलाई छोएर भने, “सोरचाहिँ याकोबको हो, तर हातहरूचाहिँ एसावकै हुन्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौले भरिएकोले एसाव जस्तै लाग्छ।”