Genesis 27:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिका मानिसहरू तेरा दास होऊन् र तिनीहरूले तँलाई दण्‍डवत् गरून्। तैँले आफ्‍ना सारा कुटुम्‍बमाथि राज्य गरेस् र तेरी आमाका सन्‍तानले तेरा सामु दण्‍डवत् गरून्। तँलाई सराप दिनेहरूले सराप पाऊन् र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिले तेरो सेवा गरून्‌। र मानिसहरूले तँलाई दण्‍डवत्‌ गरून्‌। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्‍व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌। तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राष्ट्रहरूले तेरो सेवा गरून्, अनि मानिसहरू तेरो सामु झुकून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, अनि तेरी आमाका छोराहरू तेरो सामु झुकून्। तँलाई श्राप दिनेहरूले श्राप पाऊन्, र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”