Genesis 27:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले पनि केही स्वादिलो खाना पकाएर बुबाकहाँ लगे उनले भने, “बुबा, कृपा गरी उठेर मैले ल्याएको मासु खानुहोस् र मलाई आशीर्वाद दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले पनि स्वादिष्ठ तरकारी तयार गरेर आफ्नो पिताकहाँ ल्याए। र उनले आफ्नो पितालाई भने, “बुबा, उठेर आफ्नो छोराले ल्याएको शिकार खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पनि केही स्वादिष्ठ भोजन तयार पारे; अनि आफ्ना बुबाकहाँ ल्याए। त्यसपछि एसावले भने, “मेरा बुबा, कृपया उठेर बस्नुहोस्, र मैले शिकार गरेर ल्याएको मासुबाट केही खाएर मलाई आशिष् दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।