Genesis 27:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाक काम्‍न लागे। उनका सारा शरीर थरथरी हल्‍लियो र उनले भने, “त्‍यसो भए त्‍यो पशु मारेर अघि मकहाँ मासु लिइआउने को हो? तँ आउनुभन्दा एक छिनअघि त्‍यो मासु मैले खाएँ। मेरो आखिरी आशीर्वाद मैले त्‍यसलाई दिइहालें र त्‍यो सधैँभरिका लागि त्‍यसको भयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाक भयानकसँग कामे र भने, “त्यसोभए त्‍यो को थियो जसले शिकार गरेर यहाँ मकहाँ ल्‍यायो, र तँ आउन अघि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकें? हो, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इसहाक जोडसित डरले काँपे, र भने, “त्यसो भए त्योचाहिँ को हो, जसले शिकार गरेर मकहाँ ल्यायो? तँ आउनुभन्दा अगि नै मैले त्यो खाएँ, र त्यसलाई आशिष् दिएँ—अनि निश्‍चय नै त्यसैले त्यो आशिष् पाउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”