Genesis 27:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकले उत्तर दिए, “त्‍यसलाई अघि नै मैले तेरा मालिक बनाइसकें, त्‍यसका सारा कुटुम्‍बलाई त्‍यसका दास बनाइसकें। त्‍यसलाई अन्‍न र दाखमद्य दिइहालें। तँलाई दिने अब मसँग केही पनि छैन, छोरा!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकें। र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ। अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु। अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इसहाकले एसावलाई जवाफ दिए, “हेर् मेरो छोरा, मैले उसलाई तेरो मालिक बनाइसकेँ; अनि उसका सबै आफन्तहरूलाई उसका सेवक बनाइसकेको छु; अनि अन्‍न र दाखमद्यले उसलाई तृप्‍त पारिसकेको छु। यसकारण मेरो छोरा, म तेरा लागि के नै गर्न सक्छु र?”
Nepali ERV (पवित्र बाइबल)
इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”