Genesis 27:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिबेकाले इसहाकलाई भनिन्, “एसावका विदेशी स्वास्नीहरूदेखि मलाई दिक्क लागेको छ र म थाकिसकें। अब याकूबले पनि यहाँको हित्ती केटी विवाह गर्यो भने म मरे पनि हुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब रिबेकाले इसहाकलाई भनिन्, “म यी हित्ती स्त्रीहरूसित बस्दा-बस्दा वाक्क भइसकेकी छु। यदि याकोबले यस ठाउँका स्त्रीहरूबाट अर्थात् यस्ता हित्ती स्त्रीहरूबाट पत्नी ल्यायो भने म बाँचेर केही अर्थ हुँदैन।”
Nepali ERV (पवित्र बाइबल)
तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”