Genesis 28:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एउटा सपना देखे। सपनामा उनले पृथ्वीदेखि स्वर्गसम्म पुगेको एउटा भर्याङ देखे। भर्याङमा स्वर्गदूतहरू उक्लँदै-ओर्लंदै गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यस्तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्याङ रहेछ, र त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दारहेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले सपना देखे। पृथ्वीमाथि अडिएको एउटा भर्याङ, जसको टुप्पोचाहिँ स्वर्गसम्म पुगेको थियो; अनि परमेश्वरका दूतहरू त्यसमा उक्लँदै र ओर्लंर्दै गरेका देखे।
Nepali ERV (पवित्र बाइबल)
याकूबले सपना देखे। एउटा सिडी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंडीमा तल र माथि गरिरहेको देखे।