Genesis 28:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका सङ्‍ख्‍या पृथ्‍वीमा भएका बालुवाका कणका सङ्‍ख्‍या जतिकै हुनेछन्। तिनीहरूले चारैतिर आफ्‍नो देश फैलाउनेछन्। तँ र तेरा वंशद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा सन्‍तान पृथ्‍वीको धूलोसरह हुनेछन्‌। पूर्व, पश्‍चिम, उत्तर र दक्षिणतिर फैलिएर तँ जानेछस्‌। तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशीर्वादी हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा सन्तानहरू पृथ्वीको धुलोझैँ हुनेछन्; अनि तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछस्। पृथ्वीका सबै जातिले तँ र तेरा सन्तानहरूद्वारा आशिष् पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।