Genesis 28:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान सबेरै याकूब उठे र सिरानको ढुङ्गा लिए। त्‍यो ढुङ्गा ठड्याएर उनले त्‍यसलाई एउटा स्‍मारक बनाए, त्‍यसलाई अभिषेक गरेर त्‍यसको टुप्‍पामा तेल खनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिएर खामोजस्‍तै गरी खड़ा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै याकोब उठे, र आफूले सिरानी लगाएको ढुङ्गा लिए; अनि त्यसलाई खाँबोझैँ ठड्याएर टुप्पोमाथि तेल खन्याए।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्स चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए।