Genesis 28:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान्‌ परमेश्‍वरले तेरो विवाहमा आशीर्वाद देऊन् र तँलाई धेरै सन्‍तान देऊन् र तँ धेरै जातिहरूका पुर्खा भएस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्, र तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन्, र तँ मानिसहरूको एक समुदाय होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वशक्तिमान् परमेश्‍वरले तँलाई आशिष् देऊन्, र तँ जाति-जातिको एक समुदाय नहोउन्जेल तँलाई फलवन्त बनाएर तेरो संख्याको वृद्धि गरून्।
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।