Genesis 28:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अब्राहामलाई जस्‍तै तँ र तेरा सन्‍तानलाई आशिष् देऊन् र यो तँ बसेको देश, जुन देश परमेश्‍वरले अब्राहामलाई दिनुभयो, त्‍यसमाथि तेरो अधिकार होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले तँलाई र तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, कि तँ प्रवासी भएको यस देशमा, जो परमेश्‍वरले अब्राहामलाई दिनुभएको हो, तेरै अधिकार होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तँ र तेरा सन्ततिलाई अब्राहामलाई दिनुभएको आशिष् देऊन्, ताकि अब्राहामलाई परमेश्‍वरले दिनुभएको ठाउँ, जसमा तँ अहिले परदेशी भई बसेको छस्, त्यो भूमि तेरो अधिकारमा होस्।”
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”