Genesis 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाले याकूबलाई आशिष् दिएर स्‍वास्‍नी खोज्‍न पद्दन-अराममा पठाएको कुरा एसावले थाहा पाए। आशिष् दिँदा बुबाले याकूबलाई कनानी स्‍त्री विवाह नगर्नू भनेको पनि उनले थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब इसहाकले याकूबलाई आशीर्वाद दिएर पत्‍नी ल्‍याउन त्‍यहाँबाट पद्दन-आराममा पठाएछन्, र तिनलाई आशीर्वाद दिएर, “तैंले कनानी स्‍त्रीहरूमध्‍ये कसैलाई विवाह नगर्नू” भन्‍ने कुरा एसावले थाहा पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब इसहाकले याकोबलाई आशिष् दिएर पद्दन-अरामबाट पत्नी ल्याउनू भनी त्यहाँ पठाएछन्, र तिनलाई आशिष् दिँदा “कुनै कनानी स्त्रीलाई विवाह नगर्नू,” भन्‍ने आज्ञा दिएछन्,
Nepali ERV (पवित्र बाइबल)
एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पद्दन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नर्गनु भनी आदेश दिएका छन्।