Genesis 29:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाले आफ्ना भानिज याकूबको बारेमा सुने र दगुरेर उनलाई भेट्न आए, उनलाई अँगालो हाली म्वाइँ खाए र आफ्ना घरमा ल्याए। याकूबले सबै कुरा भनिसकेपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए, र तिनलाई अँगालो हालेर म्वाइँ खाए, अनि तिनलाई आफ्नो घरमा ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाबानले जब आफ्नी बहिनीको छोरा याकोबको विषयमा खबर सुने, तब तिनी उनलाई भेट्न हतारसाथ गए। तिनले उनलाई अङ्कमाल गरे, र म्वाइँ खाए, र तिनलाई घरमा ल्याए; अनि याकोबले तिनलाई त्यहाँ यी सबै कुराहरू भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।