Genesis 29:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक उनी एउटा खेतबारीका बीचमा भएको इनारमा आइपुगे। इनारका चारैपट्टि तीन बथान भेडाहरू थिए। भेडाहरूले त्यो इनारको पानी पिउँथे। इनारको मुख एउटा ठूलो ढुङ्गाले छोपेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ तिनले मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुङ्गा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनले त्यहाँ खुला मैदानमा एउटा इनार देखे, जसको छेउमा तीन बगाल भेडाबाख्राहरू बसिरहेका थिए। किनकि गोठालाहरूले त्यही इनारबाट आफ्ना बगाललाई पानी पियाउने गर्थे। इनारको मुखमा राखिएको ढुङ्गा ठूलो थियो।
Nepali ERV (पवित्र बाइबल)
याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो।