Genesis 29:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान मात्र आफूसँग राती रहने लेआ रहिछन्‌ भनी याकूबलाई पत्तो भयो र उनले लाबानकहाँ गएर भने, “तपाईंले किन मसित यस्‍तो गर्नुभयो? म राहेलको निम्‍ति खटेको थिएँ। किन मलाई छल गर्नुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्‍तो गर्नुभयो? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?”
Nepali ERV (पवित्र बाइबल)
बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”