Genesis 29:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेआले गर्भवती भएर एउटा छोरो जन्माइन्। उनले भनिन्, “परमप्रभुले मेरो दु:ख हेर्नुभयो, अब मेरा लोग्नेले मलाई प्रेम गर्नेछन्।” उनले बालकको नाम रूबेन राखिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्ट देख्नुभएको कारणले हो। निश्चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”