Genesis 29:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी फेरि गर्भवती भएर अर्को छोरा जन्‍माइन्‌। “अब मेरो लोग्‍ने मसँग बाँधिनेछन् किनभने मैले उनका निम्‍ति तीनवटा छोरा पाइसकें,” भनेर उनले त्‍यसको नाम लेवी राखिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्‍यसको नाउँ लेवी राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो।
Nepali ERV (पवित्र बाइबल)
लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”