Genesis 29:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि पनि गर्भवती भएर उनले अर्को छोरा जन्‍माइन्‌। उनले “यसपालि म परमप्रभुको प्रशंसा गर्नेछु,” भनेर त्‍यसको नाम यहूदा राखिन्‌। त्‍यसपछि उनले छोरा-छोरी जन्‍माउन छोडिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी फेरि गर्भवती भएर छोरो पाइन्‌ र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्‍यसको नाउँ यहूदा राखियो। त्‍यसपछि तिनले जन्‍माउन छोड़िन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहुदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”