Genesis 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभु परमेश्‍वरले साँपलाई भन्‍नुभयो, “यसको लागि तैँले दण्‍ड पाउनेछस् र सबै पशुहरूमध्‍ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्‍नेछस् र जीवनभरि माटो खानेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले मात्र श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु।” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्।