Genesis 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँलाई र स्‍त्रीलाई आपसमा घृणा गर्न लाउनेछु, तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बिचमा म दुश्मनी हालिदिनेछु र त्‍यसको सन्‍तानले तेरो टाउको कुच्‍च्‍याउनेछ र तैँले त्‍यसको सन्‍तानको कुर्कुच्‍चा ठुँग्‍नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्‍च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस्।”
Nepali ERV (पवित्र बाइबल)
म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”