Genesis 3:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले मानिसलाई भन्नुभयो, “तैँले तेरी स्वास्नीको कुरा सुनिस् र मैले नखानू भनेको फल खाइस्, तेरो यस कामले गर्दा भूमिमाथि सराप पर्नेछ, त्यहाँबाट आफूलाई पुग्ने गरी खानेकुरा उमार्न तैँले जीवनभरि कठोर मेहनत गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैंले तेरी पत्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्यसको उब्जनी तैंले खानेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आदमलाई उहाँले भन्नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’ “तेरो कारणले भूमिमा श्राप परेको छ; तेरो जीवनकालभरि तैँले कष्टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, “जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।