Genesis 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन माटोबाट तँ बनाइएको थिइस्, त्‍यही माटोमा नफर्कुञ्‍जेल तैँले भूमिबाट केही कुरा उमार्न कठोर परिश्रम गरी पसिना चुहाउनुपर्नेछ। तँ माटोले बनेको थिइस् र फेरि माटै बन्‍नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म तँ माटोमा फर्किजाँदैनस्, तबसम्म तेरो निधारको पसिनाद्वारा तैँले आफ्नो भोजन खानेछस्; किनकि तँ धुलो होस्, र तँ धुलोमा नै फर्किजानेछस्; किनकि यसैबाट तँ बनाइएको थिइस्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ, मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”