Genesis 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमप्रभु परमेश्वरले आदम र उनकी स्वास्नीका निम्ति पशुका छालाका वस्त्र बनाइदिनुभयो र तिनीहरूलाई पहिर्याइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्याइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।