Genesis 3:24 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँले बगैँचामा पूर्वपट्टि पहरा दिनलाई स्‍वर्गीय प्राणीहरू र एउटा चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो। कोही पनि जीवनको रूखको छेउ पुग्‍न नसकोस् भनी त्‍यसो गरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।