Genesis 30:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गहुँका फसल भएको बेलामा रूबेन खेतमा गए र एक प्रकारको दूधे-फल (‘विशाखमूल’) पाएर आमालाई ल्‍याइदिए। राहेलले लेआलाई भने, “तिम्रा छोराले ल्‍याएका केही दूधे-फल मलाई देऊ न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्‍नी आमा लेआकहाँ ल्‍याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्‍याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गहुँ काट्ने बेला रूबेन खेततिर गएका थिए; अनि तिनले विशाखमूल भेट्टाए, जुन तिनले आफ्नी आमा लेआकहाँ ल्याए। राहेलले लेआलाई भनिन्, “मलाई तिम्रा छोराले ल्याएका विशाखमूलबाट केही देऊ।”
Nepali ERV (पवित्र बाइबल)
गहूँको फसल काट्ने समयमा रूबेन खेतमा गए अनि विशेष प्रकारको फूलहरू पायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”