Genesis 30:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझमा याकूब खेतबाट फर्केपछि लेआ गएर उनलाई भेटेर भनिन्, “मैले मेरो छोराको दूधे-फल दिएर तपाईंलाई भाडामा लिएको छु। आज राती तपाईंले मसित सुत्नुपर्नेछ।” यसरी त्यो रात याकूब लेआसित सुते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझमा याकूब खेतबाट आउँदा लेआ तिनलाई भेट गर्न गइन्, र भनिन्, “तपाईं मकहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाखमूलहरूसँग तपाईंलाई भाड़ामा लिएकी छु।” यसकारण याकूब त्यस रात तिनीसित सुते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए।
Nepali ERV (पवित्र बाइबल)
त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोराले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते।