Genesis 30:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भनिन्‌, “परमेश्‍वरले मलाई असल इनाम दिनुभएको छ। मेरा लोग्‍नेले मलाई अब कदर गर्नुहुनेछ किनभने मैले उहाँका छ वटा छोराहरू पाइसकें।” यसरी उनले त्‍यस बालकको नाम जबूलून राखिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब लेआले भनिन्, “परमेश्‍वरले मलाई अमूल्‍य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्‍ति छ जना छोराहरू जन्‍माइसकें।” यसैकारण तिनले त्‍यसको नाउँ जबूलून राखिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब लेआले भनिन्, “परमेश्‍वरले मलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। यस पटक मेरा पतिले मलाई आदर गर्नुहुनेछ; किनकि मैले उहाँका निम्ति छ जना छोरा जन्माएकी छु।” यसकारण तिनले उसको नाम जबूलून राखिन्।
Nepali ERV (पवित्र बाइबल)
लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।