Genesis 30:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीलाई कति दिऊँ त?” लाबानले सोधे। याकूबले उत्तर दिए, “मलाई केही दिनुपर्दैन। मेरा कुरा मान्‍नुहुन्‍छ भने म तपाईंका भेडा-बाख्राको हेरचाहा गरिरहनेछु। मेरो कुरा यो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “म तिमीलाई के दिऊँ त?” याकूबले भने, “तपाईं मलाई केही नदिनुहोस्‌। तर यदि तपाईंले मेरो निम्‍ति यति एउटा कुरा गर्नुहुन्‍छ भने, म तपाईंका बगालहरूको हेरचाह गरी चराउँदैरहनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले सोधे, “त्यसो भए भन, म तिम्रो लागि के दिऊँ?” याकोबले जवाफ दिए, “मलाई केही दिनुपर्दैन; तर यदि तपाईंले मेरा निम्ति यो एउटा कुरा गर्नुभयो भने म तपाईंको बगाल फेरि चराएर त्यसको हेरचाह गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?” याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेडाहरूको हेरचाह गर्नेछु।