Genesis 30:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म इमानदार छु कि छैनँ, तपाईंले सजिलै भविष्‍यमा थाहा गर्न सक्‍नुहुनेछ। तपाईं मेरो बगाल हेर्न आउनुहुँदा काला भेडा अनि टाटे-पाङ्ग्रे वा थोप्‍ले बाख्राबाहेक अरू केही पाउनुभयो भने ती चोरेका हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तपाईं पछि यसअनुसार मेरो ज्‍यालाको हिसाब गर्नुहुँदा मेरो ईमानदारीले नै मेरो निम्‍ति जवाफ दिनेछ। बाख्राहरूमध्‍येका थोप्‍ले र पेटारे नभए जत्ति र थुमाहरूमध्‍ये काला नभए जत्ति मसँग फेला पर्‍यो भने मैले ती चोरेको ठहरिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जहिले-जहिले तपाईंले मलाई दिनुभएको ज्याला जाँच्नुहुनेछ, भविष्यमा मेरो इमानदारीताले मेरो साक्षी दिनेछ। मसित भएका कुनै पनि टाटेपाटे वा थोप्ले नभएका बाख्रा अथवा कालो रङ्ग नभएको कुनै पनि भेडाको पाठा फेला पर्‍यो भने ती सबै चोरी गरिएको ठहरिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेडा अथवा बाख्रा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरेको हो।”