Genesis 30:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर याकूबले काँचो जामून, कागती-बदाम र कटुसका हाँगाहरू लिएर, तिनका बोक्रा ठाउँ-ठाउँमा ताछेर तिनमा सेता-सेता धर्के-धर्के बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब याकूबले लहरे-पीपल, हाड़े-बदाम र चिनारका रूखका भर्खर काटिएका हाँगाहरू लिएर तिनमा सेता-सेता धर्का बनाउनलाई तिनका बोक्रा ताछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याकोबले, सल्ला, हाडे-बदाम र चिनारका रूखहरूका भर्खर काटिएका हाँगाहरू लिए; अनि त्यसका बोक्रा ताछेर भित्री सेतो काठ देखिने गरी सेता धर्काहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ याकूबले बदाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताछ्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए।