Genesis 30:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले ती हाँगाहरू भेडा-बाख्राका बथानले पानी खाने डूँडका सामुन्‍ने राखिदिए। पानी खान आउँदा त्‍यहीँ भेडा-बाख्राहरू मिसिन्‍थे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले ती हाँगाहरू बगालले पानी खान आउने ठाउँमा बगालहरूका सामुन्‍ने तिनीहरूका पानी खाने डूँड़मा राखे। तिनीहरू पानी खान आउँदा त्‍यहीँ मिसिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले बोक्रा ताछिएका ती हाँगाहरू सबै पानी पिउने डूँडहरूको छेउमा राखिदिए, ताकि पानी पिउन आउँदा बगालहरूले त्यो देखून्; किनभने त्यहाँ ती बगालहरू मिसिन्थे,
Nepali ERV (पवित्र बाइबल)
याकूबले ती हाँगाहरू पानी भएको ठाउँमा भेडा-बाख्राहरूको अघि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे।