Genesis 30:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्‍यसरी ती हाँगाका अघि मिसिंदा भेडा-बाख्राहरूले आफ्‍ना बच्‍चाहरू पनि थोप्‍ले, धर्के र टाटे-पाङ्ग्रे ब्‍याऊन्‌ भनेर उनले त्यसो गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती बगालहरू ती हाँगाहरूका सामुन्‍ने मिसिने भएका हुनाले तिनीहरूले पाठा-पाठी पनि त्‍यस्‍तै छिर्केमिर्के, पेटारे र थोप्‍ले बियाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बगालहरू ती हाँगाहरूका सामु मिसिए; अनि तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठीहरू जन्माए।
Nepali ERV (पवित्र बाइबल)
जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।