Genesis 30:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याकूबले भेडा र बाख्राहरू छुट्ट्याएर राख्थे र तिनलाई लाबानका बगालमा भएका टाटे-पाङ्ग्रे बाख्रा र काला भेडाहरूपट्टि फर्काएर अलग्गै राख्थे। यसरी उनले आफ्नै बगाल बनाएर लगे अनि तिनलाई लाबानका बगालबाट अलग्ग राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबले ती पाठाहरू छुट्ट्याएर बाँकी बगालचाहिँ लाबानका बगालका छिर्केमिर्के र काला-कालाहरूतिर पठाइदिए। यसरी तिनले आफ्ना बगालचाहिँ लाबानका बगालसित नमिसाएर अलग्गै राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबले बगालका पाठाहरूलाई छुट्याए, तर रहेकोलाई चाहिँ लाबानका धर्के र काला रङ्गका पशुहरूपट्टि फर्काइदिए। यसरी तिनले आफ्ना लागि बेग्लै बगाल बनाए, र तिनीहरूलाई लाबानका पशुहरूसित राखेनन्।
Nepali ERV (पवित्र बाइबल)
याकूबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेग्लै राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेग्लै गर्यो अनि तिनीहरूलाई लाबानको भेडा बाख्राहरूसित मिसिन दिएन।